NOTICE »
मिति २०८० माघ २१ गते श्रीपञ्चमीको दिन यस संस्थाले सामुहिक ब्रतबन्ध आयोजना गर्ने भएकोले ईच्छुक सदस्यहरुले आफुलाई पाएक पर्ने कार्यालमा गई बटुकको नाम रजिष्ट्रेशन गराउन नभुल्नुहोला ।
नमस्कार!! लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. द्धारा खोलिएको अफिसियल साईटमा हार्दिक न्यानो सहकारीमय स्वागत गर्न चाहन्छु। मिति २०५५ चैत्र् १३ गतेबाट सुरुवात गरिएको यस संस्था मिति २०५६ जेष्ठ १० गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा विधिवत रुपमा दर्ता भई आफनो कार्य क्षत्र् भित्र् छरिएर रहेको महिला, आमा, दिदीबहिनीहरुलाई आबद्ध गराउने, उनिहरु संग भएको पुँजीलाई संकलन गर्ने र उनिहरुको आय बृद्धि गरि आत्म निर्भर स्वाबलम्बी बनाई व्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्देश्य यस संस्थाले लिएको छ। यस संस्था २६ औ बसन्त पार गर्दै संस्थाले आफनो परिकल्पना “समुदायमा आधारित स्मार्ट दिगो वित्तिय सहकारी संस्था” राखेका छौँ। हामिले सहकारीकोे सिद्धान्त अनुरुप, आर्थिक जिवनस्तर सुधार ल्याउने, आधुनिक प्रबिधी मार्फत सदस्यहरुको आवश्यकता अनुसार सेवा प्रदान गर्ने र संञ्चालक समिति एवं पदाधिकारीहरु, कर्मचारीहरु एवं सदस्यहरुलाई शिक्षा, चेतनामुलक तथा सिपमुलक कार्यक्रम मार्फत जोड्ने हामिले ध्येय राखेका छौँ। हामी समुदायमा आधारित भएर कार्य गर्ने संस्था भएकोले वित्तिय रुपमा दिगो, सक्षम तथा सबल संस्था निर्माण गर्दै सदस्यहरुलाई उच्चस्तरिय सेवा प्रदान गर्ने, संस्थालाई अन्य संस्थाहरु बिच प्रतिस्पर्धी बनाउदै संस्थालाई व्यबसायिक बनाई नेतृत्व तथा व्यबस्थापनको ज्ञान, सिप तथा क्षमताको विकास गर्ने रणनीतिक उद्देश्य लिई अघि बढेका छौँ । यसैको फलस्वरुप संस्थाको नेतृत्व गर्दै जिल्लामा रहेका सहकारीका छाता संगठनहरुमा पहिचान योग्य र नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका छौँ । संस्थालाई सहकारी मुल्य मान्यता, निति विधि, ऐन, कानुनको परिधिमा रहि अझ दिगो र उत्कृष्ट बनाउन नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघ लि. द्धारा संञ्चालित प्रोबेशन कार्यक्रममा आबद्ध रहेका छौँ। यो हामी सबैको प्रयासले संस्था उत्कृष्ट सहकारीको रुपमा समुदायमा स्थापित भएको छ यस्लाई निरन्तरता दिन यहाँहरु सबैको निरन्तर साथ, सहयोग र सुझाबको अपेक्षा राखेको छु। धन्यबाद। जय सहकारी। हिमाली श्रेष्ठ अध्यछ shresthahimali123@gmail.com ९८४१८४८६९६
Laxmi Mahila Saving and Credit Cooperative Society Limited warmly welcomes you to its official website. This organization, which began its journey on Chaitra 13, 2055 BS, was officially registered in Dhulikhel on Jestha 10, 2056 BS. The institution aims to bring together women, mothers, and sisters scattered across different operational areas, collect their skills, increase their income, make them self-reliant, and foster personal and leadership development. As the institution enters its 26th year, we have envisioned it as a "Community Based Sustainable, Excellent and Professional Women's Cooperative". Following cooperative principles, we aim to improve the economic living standards of our members, provide services as per their needs through modern technology, and connect board members, officials, employees, and members through educational, awareness, and skill-based programs. Being a community-based organization, we work to establish a financially sustainable, capable, and strong institution. We aim to provide high-quality services to members, make the institution competitive among other organizations, and develop the knowledge, skills, and capacity for leadership and management. As a result of these efforts, we have successfully taken a leading role in cooperative umbrella organizations within the district. To further enhance sustainability and excellence, while adhering to cooperative values, principles, policies, regulations and laws, we are affiliated with the Probation Program run by the Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN). This collective effort has made the institution a recognized and leading cooperative within the community. We hope to continue this journey with your unwavering support, cooperation, and valuable suggestions. Thank you. Himali Shrestha Chairperson shresthahimali123@gmail.com 9841848696
Total Share Capital: (NRs.30,010,900.00)
Total Institutional Capital: (NRs.1,61,62,314.51)
Total Saviing: (NRs.24,65,46,807.52)
Total Assets: (NRs.30,15,43,324.60)
Total Loan: (NRs.19,22,57,177.90)
Total No. of Members: 3245
Total No. of Employees: 14
Updated On: January 13, 2025